+
+
Shares

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १०:३७

२१ चैत, काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला  निर्वाचित भएका छन । अध्यक्षमा निर्वाचित कोइरालाले १२१५ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार बनेका सागर न्यौपानेले ६८३ मत पाउँदा नेकपा एमाले निकट विद्यार्थी संंगठन अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार प्रमित विष्टले ४३१  मत पाए ।

नवनिर्वाचित समितिमा सचिव र कोषाध्यक्ष समेत नेविसंघले जितेको छ । सचिवमा आशिष गिरीले ८५६ मत प्राप्त गरे भने कोषाध्यक्षमा  दुष्यन्त गौतमले ८८३ मत पाएर निर्वाचित भए ।

त्रिचन्द्रमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो । नेविसंघ विरुद्ध अन्य पाँच विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका थिए ।

त्रिचन्द्रमा निर्वाचित हुने नेविसंघको प्यानल पार्टी महामन्त्री गगन थापा निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?