+
+

अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १३:२७

६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले कार्यदल बनाएर तार व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिकाले तार व्यवस्थापनका लागि सरोकारवालासहित आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन भएको महानगरपालिकाले जनाएको छ ।

कार्यदलको सदस्य सचिवको जिम्मेवारी नगर प्रहरी बल, ललितपुर महानगरलाई दिइएको छ । कार्यदलले एक महिनाभित्र मछिन्द्रनाथको रथ जात्रा हुने स्थान र कुपण्डोलदेखि सातदोबाटोसम्मको मूल सडकको अव्यवस्थित तार एक महिनाभित्र हटाउने तयारी गरेको छ ।

यसअघि महानगरपालिकाले चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएको व्यवस्थापन व्यवस्थापन गरिसकेको जनाएको छ ।

सुरक्षाका लागि तार हटाउने हो : महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको भन्दै नगर र नगरबासीको सुरक्षाका लागि तार तत्काल हटाउने बताए ।

अव्यवस्थित तारकै कारण ललितपुर कुरुप देखिएको भन्दै उनले भने, ‘नगर र नगरबासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ । यसलाई तत्काल व्यवस्थापनको लागि निर्देश गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?