+
+

दुई हाइड्रोपावरको डेढ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:२२

६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्सेमा) दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । सार्वजनिक निष्कासन गरेको मायाखोला हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभवित स्थानीयलाई जारी गरेको ५ लाख कित्ता, सर्वसाधरणलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापक सेयरधनीको ५० लाख कित्ता गरी कुल ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर २ चैतमा सूचीकरण भएको नेप्सेले जनाएको छ । ६ चैतमा सुपरमाई हाइड्रोपावर र नेप्सेबीच धितोपत्र सूचीकरण सम्झौता भएकोले ७ चैत मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३० रुपैयाँ ७६ पैसादेखि ३९२ रुपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेल पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थ देखि नेटवर्थको ३ गुणसम्म ओपनिङ रेञ्ज तोक्ने गर्छ ।

सोमबार नै नेप्सेमा मायोखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पनि सेयर सूचीकरण भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड कित्ता सेयर सूचीकरण भएको हो । ६ चैत सोमबार कम्पनी र नेप्सेबीच सेयर सूचीकरण सम्झौता भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई जारी गरेको १० लाख कित्ता सेयर, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई समेत जारी गरेको २४ लाख कित्ता सेयर र संस्थापक सेयरधनीको ६६ लाख कित्ता सहित कुल १ करोड कित्ता सेयर नेप्से सूचीकृत भएको छ ।

सोमबार कम्पनीको सेयर सूचीकरण भएसागै ७ चैत मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८८ रुपैयाँ ५३ पैसा देखि २६५ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?