+
+

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १६:३९

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो ।

बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई कडा बनाएको छ । साथै, बिश्नोई र उनका सहयोगी गोल्डी ब्रारलाई पक्राउ गर्दै घटनाबारे अनुसन्धान थालेको छ । हिन्दी भाषामा पठाइएको उक्त इमेल रोहित गर्गबाट आएको थियो, जसले अभिनेतासँग कुरा गर्न चाहन्थे र ‘टिम सलमान’ को उजुरीपछि प्रहरीले उनलाई पनि मुद्दा दायर गरेको थियो ।

इमेलमा सलमानले बिश्नोईको अन्तर्वार्ता नदेखेको भए यो पत्र पढ्नुपर्ने र यदि उसले मामिला बन्द गर्न चाहेमा गर्ग र ब्रारसँग आमनेसामने कुरा गर्नुपर्छ उल्लेख छ । साथै, यसको व्यवस्था गर्ने सल्लाह पनि दिइएको छ ।  स्रोतका अनुसार सलमानका परिवारका सदस्यहरु यस विषयमा निकै चिन्तित छन् । सलमान र उनको टोलीलाई आगामी केही दिनका लागि मैदानमा हुने कार्यक्रमबाट बच्न भनिएको छ । सलमानको ज्यानमा रहेको खतरालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले उनको कार्यतालिका परिवर्तन गर्न सिफारिस गरेको हो ।

सलमान अहिले मुम्बईबाट बाहिर रहेकाले उनी पुगेपछि समयतालिका परिवर्तन गर्ने विषयमा छलफल हुने प्रहरीसँग सम्बन्धित स्रोतले बताएको छ । सलमानको फिल्म ‘किसी का भाइ किसी की जान’ अप्रिलमा रिलिज हुँदैछ । यसको प्रवर्द्धनका लागि पनि नयाँ योजना बनाउनुपर्नेछ ।

तीन दिनअघि एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा ग्याङ्स्टर लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका थिए । लरेन्सले भनेका थिए, ‘जुन दिन अभिनेताको सुरक्षा हटाइनेछ, त्यो दिन सलमानको जीवनको अन्तिम दिन हुनेछ ।’ उनी अगाडि भन्छन्, ‘सलमानले म चार–पाँच वर्षको हुँदा कालो हरिण मारेका थिए । बिश्नोई समुदायका मानिसले कालो मृगको पूजा गर्छन् । सलमानले आफ्नो अपराधको लागि हाम्रो समाजसँग माफी पनि मागेका छैनन् । म सानैदेखि उनीप्रति रिसाएको छु ।’

लरेन्स बिश्नोईले सलमानले आफूहरुको समाजलाई निकै तल देखाएको दाबी गरे । ‘हामी उसको अहंकार तोड्नेछौं । बचाउन चाहनुहुन्छ भने हाम्रो समाजको अगाडि आएर माफी माग्नुहोस् । यसका लागि उनी राजस्थानस्थित विश्नोई समाजको मन्दिर ‘जम्बेश्वर जी’ आउनुपर्ने हुन्छ । समाजका जनताले माफ गरे भने मलाई कुनै समस्या छैन’, उनले भने ।

लरेन्स बिश्नोई पञ्जाब, हरियाणा, राजस्थान र हिमाञ्चल प्रदेशका सबैभन्दा खतरनाक गिरोहका नेता हुन् । उनी प्रायः जेलबाट गिरोह चलाउँछन् । उनीसँग महँगो पेस्तोल र बन्दुकको भण्डार पनि छ । उनले १५ वर्षअघि कलेजमा हावामा फायरिङ गरेर आफ्नो हैसियत स्थापित गरेका थिए । लरेन्स पहिलो पटक सलमान खानलाई उडाउने धम्की दिएर चर्चामा आएका थिए । उनी सन् २०१४ देखि जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?