+
+

मावि अंग्रेजी शिक्षकको ८४ पदमा साढे नौ हजारको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १७:५९

६ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदमा परेको आवेदनको संख्या विषयगत रुपमा छुट्याएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाका अनुसार सबै भन्दा बढी अंग्रेजी विषय शिक्षकको लागि आवेदन परेको छ । आयोगले ८४ जना शिक्षक माग गरेकामा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

नेपाली विषयमा १११ पदका लागि ९ हजार ९७, गणित विषयमा २०८ पदका लागि ५ हजार ६२६, विज्ञान विषयमा १९१ पदका लागि ५ हजार २५०, सामाजिक अध्ययन विषयमा ५४ पदका लागि ६ हजार २२७, अर्थशास्त्र विषयमा ८ पदका लागि ४८८, कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ पदका लागि १ हजार ३९२ आवेदन परेको जानकारी दिएको छ ।

त्यस्तै शिक्षा विषयमा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेदमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जना गरी माध्यमिक तहको शिक्षकका लागि ३८ हजार ३३७ आवेदन परेको जनाएको छ ।

आयोगले पुस २५ गते खुलाएको विज्ञापनमा माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुर फारम भर्ने समयावधि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?