+
+

‘प्रसाद २’को गीत ‘मार्सी धान’मा विपिन, केकी, आश्मा र सरोजको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १६:४५

पीपल बिना चौतारी शीतल केले देला र ?

जीवन साँची नराख हौ मनमा कुरा खेला’र

वर बिनाको चौतारी शीतल केले देला र ?

माइतै बसायौ आनन्द तिहुनताउन केला’र

राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन् ।

गीतमा म्युजिक भिडियोको चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । शीर्ष कलाकारहरु विपिन कार्की र केकी अधिकारी पनि गीतमा फिचर्ड छन् । यी चारैजना कलाकार गीतमा छमछमी नाचेका छन् । गीतमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

सुदर्शन थापाको निर्देशन र सुशील पौडेलको पटकथा लेखन रहेको फिल्ममा सामाजिक र प्रेमको कथावस्तुलाई प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत खलपात्रको चरित्रमा देखिएका अर्पण थापाको अभिनयले पनि चर्चा बटुलेको छ । सुवास थापाको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । यो फिल्म चैत २४ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?