+
+

धुलिखेल अस्पतालमा मोबाइल एपबाटै टिकट काट्ने सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १७:४०

काठमाडौं । आईएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यो सेवा मार्फत घरमै बसेर अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवाको टिकट अनलाइनमार्फत बुकिङ गर्न सक्ने भएकोले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ ।

यो एपबाट प्रयोगशालामा गरिएका परीक्षणका रिपोर्टहरू समेत प्राप्त गर्न सकिने मिडासले जनाएको छ । मिडासका अनुसार एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट प्रदान हुने स्वास्थ्य बीमाको सुविधा, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमाबारे पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?