+
+

फ्रान्समा बच्चाका तस्वीर सामाजिक सञ्जालमा राखे अभिभावकलाई कारबाही

एजेन्सी एजेन्सी
२०७९ चैत ८ गते १३:३९

प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ ।

बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले अब फ्रेन्च अभिभावकहरुलाई आफ्ना बच्चाका तस्वीरहरु सोसल मिडियामा पोस्ट गर्न रोक लगाउनेछ ।

आमा बुवाहरुलाई ससक्त बनाउन र आफ्ना तस्वीरमाथि केवल आफ्नो मात्रै नियन्त्रण रहेको अनुभूति बालबालिकाहरुमा गराउनका लागि उक्त कानून निर्माण गरिएको बताइएको छ ।

उक्त विधयेकलाई  फ्रान्सको संसद नेसनल एसेम्बलीले पारित गरेको छ । यसले अभिभावकलाई सोसल मिडियामा आफ्ना बच्चाका तस्वीर शेयर गर्नमा प्रतिबन्ध लगाउने अधिकार अदालतलाई प्रदान गरेको छ ।

कानून अनुसार आमा बुवामध्ये जो कोहीले पनि आफ्ना बच्चाको तस्वीर सोसल मिडियामा सेयर गरेमा दुवै जनालाई नै जिम्मेवार ठडहराइनेछ ।

बच्चासँग सहमति लिनुपर्ने

उक्त कानून अनुसार अब अभिभावकहरुले आफ्ना बच्चाको बारेमा सोसल मिडियामा कुनै कुरा पोस्ट गर्नु परेमा पनि त्यसअघि सम्बन्धित बच्चाको सहमति लिनुपर्नेछ । बच्चाको सहमतिविना अभिभावकले सोसल मिडियामा कुनै पनि स्टाटस पोस्ट गर्न सक्ने छैनन् ।

फ्रेन्च अभिभावकहरुमा बच्चाका तस्वीर खास गरी इन्स्टाग्राममा सेयर गर्ने प्रचलन निकै बढेको र त्यसले बालबालिकाको गोपनीयता हनन् भैरहेको चर्चा भैरहेको बेला यो नयाँ कानून बनेको हो ।

विधयेक पेस गर्ने सांसद ब्रुनो स्टुन्डरका अनुसार सोसल मिडियामा सेयर गरिने बच्चाका तस्वीरहरुलाई चाइल्ड पोनोग्राफीका लागि दुरुपयोग गर्ने खतरा हुन्छ ।

साथै त्यो विद्यालयको माहौलमा गलत कार्यको कारण पनि बन्न सक्दछ । चाइल्ड पोनोग्राफी फोरममा प्रयोग भएका ५० प्रतिशत तस्वीरहरू अभिभावकहरुले नै सोसल मिडियामा अपलोड गरेका तस्वीरहरु हुने गरेको बताइन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?