+
+

युगान्डाले बनायो समलिंगीलाई अपराधी मान्दै जेल हाल्ने कानुन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १४:१०

८ चैत, काठमाडौं । अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ ।

युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ ।

तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ ।

उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संसदले पारित गरेको कानुन अनुसार समलिंगी सम्बन्ध बारे थाहा पाउनेले उजुरी गर्नु पर्ने छ ।

संसदले पारित गरेको कानुन हस्तक्षरका लागि युगान्डाका राष्ट्रपति मुसेबेनीसमक्ष पठाइएको छ । उनले हस्तक्षर गरेपछि यो कानुन लागु हुने छ ।

संसदले पारित गरेको कानुनमा हस्तक्षर नगरी त्यसलाई लागु हुनबाट रोक्ने विषेशअधिकार पनि युगान्डाका राष्ट्रपतिलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?