+
+
Shares

बारा-२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्छ : मनिष सुमन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १६:२३

८ चैत, काठमाडौं । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन् ।

उनले बारा २ मा गठबन्धनको साझा उम्मेदवारमा आफूहरुको हक लाग्ने बताए । ‘बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं । यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ।’ उनले भने ।

नेता सुमनले बारा २ मा पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताए । ‘बारा २ को उम्मेदवार को हुने निष्कर्ष निकालेको छैन ।’

‘पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्नेमात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?