+
+

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड वैशाखमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १७:०६

८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ ।

सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । जसमध्ये, एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् ।

प्रतियोगितामा जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि भिडन्त हुनेछ ।

व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा खेलाइने छ ।

७५३ स्थानीय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड हुनेछ । प्रतियोगिताको हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा राखिने प्रमुख शर्माले जानकारी गराए ।

प्रतियोगितालाई सफलतापूवर्क सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?