+
+

५ एआईजीलाई प्रधानमन्त्रीले भने : तपाईंहरुमध्ये एक आईजीपी हुने हो, मिलेर काम गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १७:३८

७ चैत, काठमाडौं । सरकारको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दाहालले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दज्र्याही चिह्न लगाएका छन् ।

भेटमा सहभागी एक अधिकृतका अनुसार प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरु राम्रो भएको बताउँदै संगठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिए ।

‘अहिले बढुवा हुनु भएका ५ जनामध्येबाटै एक जना आईजीपी हुने हो, मिलेर काम गर्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘एआईजी बढुवा मेरिट वेसिसमा भएको छ, गुनासो कसैको भएको छैन ।’
उनले यसपालि एआईजी बढुवा निर्विवाद भएको बताउँदै खुशी समेत व्यक्त गरेको ती अधिकृतले बताए ।

अहिले गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् । मन्त्रालयले १३ मंसिरमा डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसअघि तत्कालीन डीआईजी अशोक सिंह बढुवाका लागि आकांक्षी थिए । तर, जन्ममिति विवाद सतहमा आएपछि उनले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?