+
+

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १८:०४

८ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् ।

बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डीन आर. थम्पसनले भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?