+
+

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १९:५२

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत सानदार गोल गर्दै खाता खोलेका थिए ।

यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २-० बनाए ।

नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए ।

खेलमा लाओसले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफको ६६ औं मिनेटमा लाओसका अन्तजा सिफोङफानले गोलकिपर किरण लिम्बुलाई बिट गर्दा अर्का खेलाडी बौनपाचाङ बौङकोनले पोष्टमा हानेको बल अनन्त तामाङले बचाए ।

यस्तै ७० औं मिनेटमा अन्तजा सिफोङफानले प्रहार गरेको बल डिफेन्डर रोहित चन्दले हेडरमार्फत क्लियर गरिदिए ।

नेपालका लागि ७२ औं मिनेटमा मनिष डाँगीले मिलाएको बलमा नवयुगको पासलाई आयुस घलानले पोस्टको दिशा दिन सकेनन् ।

राष्ट्रिय टिममा ४ खेलाडीको डेब्यू

लाओससँगको खेलमा नेपालका चार नयाँ खेलाडीले डेब्यु गरे । नेपालका लागि सनिश श्रेष्ठ, मणि लामा, दिपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरेका हुन् । सनिश श्रेष्ठले पहिलो रोजाइमा पर्दै डेब्यु गरे ।

मणि लामाले दोस्रो हाफको ७४ औं मिनेटमा नविन लामालाई प्रतिस्थापन गरे ।

नेपालको राष्ट्रिय फुटसल टिमका सदस्यसमेत रहेका उनले नवीन लामालाई प्रतिस्थापन गरी फुटबलको सिनियर टिमबाट डेब्यू गरेका हुन् ।

मणि लामा नेपालको पहिलो राष्ट्रिय फुटसल टिमका सदस्य हुन् । उनी २०१७ देखि नै फुटसलको राष्ट्रिय टिममा छन् । उनले फुटसल एसियन कप छनोटको तीन संस्करण खेलेका छन् । उनले एपीएफबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।

यस्तै स्ट्राइकर दीपकराज सिंह ठकुरीले ८२ औं मिनेटमा डेब्यु गरे । बाँकेका ठकुरीले यो सिजन ए डिभिजन लिग फुटबलमा सातदोबाटोबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सुरुवाती ५ खेलमा चार गोल गरेका उनी ३ खेलमा प्लेयर अफ दि म्याच भएका थिए ।

लिगमा गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टिममा परेका उनले ८२ औं मिनेटमा नवयुग श्रेष्ठलाई रिप्लेस गरेका हुन् ।

सुमित श्रेष्ठले खेलको थप गरिएको ३ मिनेटको समयमा आयुष घलानलाई प्रतिस्थापन गरेका हुन् । सुमित फुटसलबाटै फुटबलमा आएका हुन् ।

नेपाल र लाओसबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?