+
+
Shares

सामुदायिक रेडियोले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १२:३५

९ चैत, काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् ।

बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरु स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सामुदायिक रेडियोहरुलाई बचाइराख्नुपर्छ । यसमा साथ सहयोग दिन म तयार छु । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईहरुलाई माया
गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पंक्तिमा रहनेछु । आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ।’

उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौं व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरुले स्वेदशमा नै उत्पादित सामग्रीहरुको प्रयोग बढाउनुपर्ने बताए। उनले नेपालीहरुले आफ्नै देशमा उत्पादित सामग्रीहरुको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे।

‘हामी व्यापार घाटामा खर्बौं रुपैयाँ घाटामा जाने गर्दछौँ ।हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ,’ उनले भने, ‘विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक
रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ।’

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?