+
+

क्रिकेटर प्रतिश जिसी प्यूठानमा नगदसहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १३:३३

९ चैत, काठमाडौं । प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिश जिसीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसी झिमरुक गाउँपालिका -३ लामसेराका स्थायी बासिन्दा हुन् ।

जिसीले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको  थिए ।

क्रिकेट खेलमार्फत प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका उपाअध्यक्ष प्रमोद पोखरेलले बताए ।

जिसीलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर व्यक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०/५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

कार्यक्रममा क्रिकेटर जिसीले जन्मभूमीमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?