+
+

१८ अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १५:२७

९ चैत, काठमाडौं । साताको अन्तिम कारोबरा दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले गिरावट भएको छ । बिहीबार नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

८ चैत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ । एनआईसी एशिया बैंक र सिद्धार्थ बैंककको मर्जरको चर्चा चल्दा एनआईसी एशिया बैंकको सेयरमूल्यमा उच्च गिरावट भएको छ भने सिद्धार्थ बैंकको सेयरमूल्य बढेको छ । दुवै बैंकको कारोबार पनि उच्च भएको हो ।

बिहीबार एनआईसी एशिया बैंकको सेयरमूल्य ५.१२ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ बैंकको सेयरमूल्य ८.३४ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै २८ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

माया खोला जलविद्युत कम्पनी र एशियन हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

युनिक नेपाल लघुवित्तको सेयरमूल्य ७.४६ प्रतिशतले गिरावट हँदा श्रृजनशील लघुवित्तको सेयरमूल्य ६.८३ प्रतिशत र खप्तड लघुवित्तको सेयरमूल्य ६.०२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?