+
+

किन बढिरहेको छ किरा पालन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १७:२६

१० चैत, काठमाडौं। पशुपालन अर्थात् लाइभस्टक फार्मिङका बारेमा त हामी सबैलाई थाहा छ । यस्तो कृषि कार्यमा गाईवस्तु आदि पालन गरिन्छ । तर पछिल्लो समयमा मिनी लाइभस्टक शब्द प्रचलनमा छ । यसमा किरा फट्यांग्रा, साङ्ला आदि पालिन्छ ।

पर्यावरणमा कम हानी पूराउने यी किराहरु मासु तथा अन्य प्रोटिन आहारको विकल्प बनिसकेका छन् । मानिसले खाने मात्रै होइन यी जनावरहरुलाई खुवाउनमा पनि प्रयोग भैरहेका छन् ।

उच्च प्रोटिनयुक्त किराको धुलोलाई ब्रेड, पास्ता तथा प्रोटिनबारमा पनि निकै प्रयोग हुन थालेको छ । चीनदेखि फ्रान्स, अमेरिका, स्विजरल्याण्ड तथा फिनल्याण्ड जस्ता देशहरुमा खान मिल्ने किराहरुबाट तयार पारिएका खाद्यपदार्थहरु बजारमा पाइन्छन् ।

खाद्य किराहरुको बारेमा कुरा गर्नेहरुको सबैभन्दा ठूलो तर्क चाहीँ पर्यावरण नै हो । किरा फट्यांग्राबाट १ किलो आहार तयार गर्नका लागि जनावरको मासुबाट तयार पारिने आहारको तुलनामा खाना, पानी तथा जमिनको प्रयोग केवल १० प्रतिशत मात्रै हुन्छ । साथै त्यसक्रममा केवल १ प्रतिशत मात्रै हरितगृह ग्यास उत्सर्जन हुन्छ ।

गत फेब्रुअरीमा बेलायतस्थित कार्बन बीफ नाम संस्थाले एक प्रतिवेदन सार्वजनिक गरेको थियो । जस अनुसार मासु तथा डेरी उद्योगहरुले हरेक वर्ष ७.१ गिगाटन हरितगृह ग्यास उत्सर्जन गर्दछन् ।

हरितगृह ग्यास उत्सर्जन गर्नेमा गोमांश अर्थात् बीफ सबैभन्दा माथि छ । एक किलोग्राम गोमांश उत्पादनका लागि करीब ६० केजी हरितगृह ग्यास उत्सर्जन हुन्छ । अर्थात् हरेक केजीमा १० गुणा विषाक्त ग्यास ।

मासु उद्योग सञ्चालनका लागि दानाको बन्दोवस्त गर्न वनफडानी पनि हुने गरेको छ । त्यसैले किरापालनले कम लागतमा ठूलो फाइदा दिन्छ । साथै यी खानमिल्ने किराहरुबाट कुनै ठूलो रोगको डरपनि हुँदैन । जबकि ठूला जनावरबाट कोरोना वा बर्डफ्लू आदिको जोखिम हुन्छ ।

कसरी हुन्छ किरापालन ?

किराफट्यांग्राको पालन विभिन्न तरिकाले हुन्छ । कम्पोष्ट मल बनाउने भाँडोदेखि ठूला उद्योगहरुमा समेत किरापालन गरिन्छ । यसमा कमिला, मथ, मौरी, मिलवर्म तथा साङ्ला समेत पर्दछन् ।

what is insect farming for high protein diet

चीनको शिचांग सहरका जुन प्रयोगशालाहरुमा सांग्लाको खेती हुने गरेको छ त्यो कुनै साइन्स फिक्सन भन्दा कम छैन । काठका बोर्डहरु सांग्लाका घर हुन् र कोठाहरुमा हल्का आद्रता र गर्मी छ । अर्थात् सांग्लालाई जस्तो वातावरण मनपर्छ त्यस्तै माहोल सिर्जना गरिएको छ ताकि धेरै भन्दा धेरै सांग्ला उत्पादन हुन सकून् ।

किरामाथि क्रूरता ?

जनावरप्रेमी तथा पर्यावरणप्रेमी संस्थाहरुले जनावरहरुको हत्यामा रोक लगाउने कुरा गर्दछन् । तर किराखेतीका विषयमा कुनै कुरा हुँदैनथ्यो । यदि स साना किराहरुले कम हरितगृह ग्यास उत्सजर्न गरी धेरै प्रोटिन उत्पादन गर्छन् भने त्यो कसैका लागि पनि घाटाको विषय होइन भन्ने मान्यता थियो । तर पछिल्लो समयमा भने किरापालनको विरोधमा पनि आवाज सुनिन थालिएको छ । एक अनुमान अनुसार हरेक वर्ष एक देखि सबा ट्रिलियन किरा पैदा हुन्छन् र यत्तिकै संख्यामा नष्ट पनि हुन्छन् ।

what is insect farming for high protein diet

किटविज्ञहरुका अनुसार किराफट्यांग्रालाई पनि ठूला पशुपंक्षीलाई जस्तै पीडा हुन्छ । आखिर ठूला पशुपक्षीको मृत्युलाई हिंश्रकतामुक्त बनाउने कोसिस भैरहेको छ भने साना किराहरुलाई पनि त्यसै किन नगर्ने ? तर कतिपयको तर्क के पनि छ भने ती किराहरु यतिधेरै साना हुन्छन् कि उनीहरुको मस्तिष्क नै विकास भएको हुँदैन । त्यसैले उनीहरुले कुनै दुखाई महसुस नै गर्दैनन् ।

किटवैज्ञानिक लार्स चित्तका भने साना भन्दा साना जीवहरुको मस्तिष्कमा पनि संवेदनाको सूचना पुग्दछ र उनीहरुलाई पनि पीडा महसूस हुन्छ । त्यसैले हामीले किराहरुको बारेमा पनि सोँच्नुपर्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?