+
+

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा रोमान्टिक आँचल र आशीर्वाद

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १७:२४

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् ।

‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा संगीत बुनिएको छ । गीतले फिल्मका दुई शीर्ष कलाकारको सम्बन्ध स्थापनामा भूमिका खेल्छ । यसै फिल्मबाट डेब्यु गर्न लागेका आशीर्वाद र आँचलले फिल्ममा प्रेमिल जोडीको भूमिकामा अभिनय गरेका छन् ।

विकास आचार्य निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । विष्णुमणि दाहालसँग मिलेर आचार्यले फिल्म निर्माण गरेका हुन् । छैटौं सिरिजमा बाल मनोविज्ञान र तन्नेरीको प्रेमकथालाई पनि कथावस्तुको रुपमा पेस गरिएको निर्देशक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?