+
+

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो मण्डला चित्र अंकित क्यालेन्डर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १८:५४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकला अंकित २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्रकलाका कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्परालाई समावेश गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने विश्वास व्यक्त गरे । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा बैंकको स्थापनाकालदेखि नै सक्रिय रहेको उनको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको बताए । कार्यक्रममा बैंकका अध्यक्ष ढकालले कलाकारद्वय शाक्य र लामालाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?