+
+

राष्ट्रपतिलाई रेडियो उपहार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १४:२४

११ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) नेपालको कार्यसमितिसँग शनिबार शीतलनिवासमा भेट गर्दै राष्ट्रपति पौडेलले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘८ कक्षा, एसएलसी उत्तीर्ण हुनासाथ काम गर्नुहुँदैन भन्ने भावनाको विकास भइरहेको छ,’ उनले भने, ‘श्रम गर्नु राम्रो हो, यसले तन र मन दुवैलाई स्वस्थ बनाउँछ भन्ने भावना विकास हुनेगरी सामुदायिक रेडियोले काम गर्नुपर्छ ।’

उनले देशका कुना कन्दरासम्म फैलिएर रहेका सामुदायिक रेडियोहरूले नागरिकको सूचनाको लागि महत्वपूर्ण काम गरिरहेको बताए ।

संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको पनि अभिभावक बन्न आग्रह गरे । उक्त अवसरमा अध्यक्ष गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिएका थिए । संघको उपहार ग्रहण गर्दै राष्ट्रपति पौडेलले भने, ‘यो मलाई आवश्यक थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?