+
+

क्रिकेटर अर्जुन कुमाललाई गुल्मी उद्योग वाणिज्य संघको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १७:०९

११ चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले १९ वर्षमुनिको नेपाली क्रिकेट टिमका सदस्य अर्जुन कुमाललाई सम्मान गरेको छ ।

तम्घासमा भएको गुल्मी उद्योग वाणिज्य संघको ३१ औं साधारण सभामा क्रिकेटर कुमाल सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे ।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कुबेतबिरुद्ध शतक बनाएका थिए ।

गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले अर्जुनलाईसम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको पौलेलको भनाइ छ ।

उनलाई केही दिनअघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?