+
+

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १८:२०

११ चैत, बुटवल । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९-८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।

उपाधिसंगै मनाङ सुदूर पश्चिमले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने  उपविजेता मनाङ सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।

२०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।

सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपंक्तिका खेलाडी,  गोलरक्षक, मध्यपंक्तिका खेलाडी, रक्षापंक्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

उत्कृष्ट गोलरक्षक मनाङका जियानाथ शेख, उत्कृष्ट रक्षापंक्तिको खेलाडी आशिस गुरुङ, उत्कृष्ट अग्रपंक्तिको खेलाडी सुदूरपश्चिमका फागुराम थारु, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङका बिशन गुरुङ, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङकै किरण श्रेष्ठ घोषित भए ।

तिलोत्तमा गोल्डकपको २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?