+
+

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज रुससँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ८:३३

१२ चैत, काठमाठौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज आफ्नो तेस्रो खेलमा युरोपियन टोली रुसको सामना गर्दैछ ।

नेपाल र रुसबीचको खेलमा बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमा मिश्रित नतिजा निकालेको नेपालका लागि उपाधि होडमा कायम रहन रुसलाई हराउनुपर्नेछ । तर प्रतियोगितामा रुस सबैभन्दा लयमा देखिएको छ ।

नेपाल पहिलो खेलमै भारतसँग ४-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो ।

पहिलो पटक दक्षिण एसियामा खेलिरहेको रुसले भने पहिलो खेलमै बंगलादेशलाई ८-१ ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा भुटानलाई ९-१ ले हराएको थियो । त्यसले पनि नेपालका लागि रुस ठूलो प्रतिद्वन्द्वी रहेको छ ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

अहिलेसम्म रुस एक मात्र अपराजित टोलीको रुपमा छ ।

अघिल्लो खेलमा घरेलु टोली  बंगलादेशले भारतलाई हराएपछि उपाधि होड रोमाञ्चक बनेको छ । आजै दिउँसो ३ बजे भारतले भुटानसँग खेल्नेछ ।

प्रतियोगिताको अन्तिम दिन नेपालले बंगलादेशसँग खेल्नेछ र भारत र रुसबीच अन्तिम खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?