+
+

यो हो संसारकै महँगो गितार, जसमा छन् साढे ११ हजार हिरा

एजेन्सी एजेन्सी
२०७९ चैत १२ गते ९:४८

तपाईंले हिरा तथा सुन जडित गरगहना त देख्नुभएकै छ होला । तर के तपाईंले सुन तथा हिराजडित संसारकै महँगो गितार देख्नुभएको छ ?

दुनियाँकै महँगो उक्त विशेष गितारमा एक दुईवटा होइन पूरै ११ हजार ४४१ वटा हिरा जडित छन् । साथै उक्त गितारमा १८ क्यारेटको १ किलो ६सय ग्राम ह्वाइट गोल्ड पनि राखिएको छ ।

संसारकै मूल्यवान सो गितारलाई एडन अफ कोरोनट पनि भनिन्छ । यो गितार निर्माणको पछाडि निकै रोचक कहानी छ ।

पढ्दा अनौठो लाग्छ सक्दछ कि यो गितार बनाउनका लागि कुल ७ सय दिन लागेको थियो ।

हङकङका चर्चित गहना डिजाइनर आरोन शुमले उक्त गितार तयार पारेका हुन् । हजारौं हिरा र डेढ किलोभन्दा धेरै सेतो सुन भएका कारण यो गितारको मूल्य पनि करोडौंमा छ ।

सन् २०१५ मा अबुधाबीस्थित एक गहना पसलमा पहिलोपटक यो गितार प्रदर्शनमा राखिएको थियो । एडन अफ कोरोनट भनिने सो गितारको मूल्य २६ करोड रुपैयाँभन्दा धेरै छ ।

सो गितार बनाउनका लागि गिब्सन कम्पनीले गहना डिजाइनर आरोन शुम तथा संगीतकार मार्क लुईको बीचमा सहकार्य गराएको थियो । यो एक कस्टमाइज्ड गिब्सन एसजी गितार हो ।

यो गितार बनाउनका लागि हङकङको चाव ताई फूक नामक हिरा कम्पनीले हिरा उपलब्ध गराएको थियो । या गितार केवल देखाउनका लागि मात्र होइन अरु गितार जस्तै बजाउन पनि सकिन्छ ।

यो गितारको बडीलाई ह्वाइट गोल्डले छोपिएको छ । यसमा फूलको डिजाइनमा हिरा जडित छन् । जसमा कुल हिराको संख्या ११ हजार ४४१ छन् र सबै गरेर कुल ४०१.१५ क्यारेटको हिरा छ । यो गितार तयार पार्नका लागि कुल ६८ जना कालिगढ लागेका थिए ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?