+
+

गैरसदस्यको हस्तक्षेप भन्दै पाठकले त्यागे चलचित्र निर्देशक समाजको सदस्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ११:५७

काठमाडौं । निर्देशक समाजको १५ औं महाधिवेशनमा गैरसदस्यको हस्तक्षेप भएको भन्दै पूर्वअध्यक्ष तथा निर्देशक केपी पाठकले सदस्यता त्यागेका छन् । जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको केही घण्टामै फेसबुकमार्फत पाठकले संस्थाको सदस्य नरहेको घोषणा गरेका हुन् ।

शनिबार काठमाडौंको एक ब्याङ्क्वेटमा भएको चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव र उम्मेदवारी फिर्ता लिन जबर्जस्ती दबाब दिएको लगायतका आरोप लगाउँदै पाठकले सदस्यता त्यागेका हुन् ।

उनी लेख्छन्, ‘आज भएको चलचित्र निर्देशक समाजको चुनावी साधारणसभामा गैरसदस्यको प्रभाव, उम्मेदवारलाई जबर्जस्ती उम्मेदवारी फिर्ता लिन दबाब, उम्मेदवारको रुवाबासी र महिला सदस्यप्रति गरिएको व्यवहार देख्दा कुनै दृष्टिले पनि त्यो चलचित्रका क्याप्टेन, सर्जकको  चुनाव देखिएन, एउटा सदस्य र पूर्वअध्यक्षको नाताले मेरो शिर निहुरियो । तसर्थ आजका मितिले म त्यस समाजको सदस्य नरहेको जानकारी गराउँछु । भोलिका दिनमा यस्ता अमर्यादित गतिविधि भएनन् र संस्थागत गरिमा कायम भएको अवस्थामा पुनः सदस्यता लिने छु । आगामी दिनमा कुनै पनि संस्थाले गैरसदस्यलाई बन्दसत्रमा प्रवेशमा रोक लगाउन र निष्पक्ष निर्वाचन गराउन सफल होऊन् शुभकामना ।’

भोलिका दिनमा अमर्यादित गतिविधि रोकिएमा पुनः सदस्यता लिनेपनि उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?