+
+

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १२:१४

१२ चैत, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

आइतबार छापावल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय कायम भएको छ । शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सयमा छापावल र एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको प्रतितोला मूल्य १ हजा ३७० रुपैयाँ तोकिएको छ ।  शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?