+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गरियोस् : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १४:३२

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या संसदमा उठाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्मालेभूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् ।

नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको घोषणा गर्न शर्माले सरकारसँग आग्रह गरेका छन् ।

झापा बुद्ध शान्ति गाउँपालिकाकी ८० बर्षिया जसमाया केरुङ्गले आफ्नो हातमा लालपूर्जा नभएको गुनासो आफू समक्ष गरिरहेको शर्माले सदनमा सुनाए । केरुङको बोली उधृत गर्दै शर्माले भने,‘मैले स्वास फेरिरहेको यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ ?’

झापाका भांगा गोला, प्यारिभिट्टा, मेची डाँडा, टिकापुर, काली झोडा, खम्बुटार,खरे डाँगी लगायत नापी कहिले र लालपुर्जा कहिले पाइन्छ? सोधिरहेको शर्माले संसदमा बताए । ‘कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरू गर्‍यो पनि तर गरिब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?