+
+

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १४:४१

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।

व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने सम्भावना कम रहेको जनाइएको छ । केही दिनअघि प्रियंका र निर्देशक सुनुवारको एक तस्वीर सार्वजनिक भएको थियो, जहाँ यी दुईले एक रियालिटी शोमा सहकार्य गर्ने चर्चा चलेको थियो । यतिबेला आएर यो कुरा पुष्टि भएको छ कि उनै सुनुवारको निर्देशन रहने हिमालय रोडिजमा प्रियंका एक जज हुनेछिन् ।

‘दर्शकले रुचाएका र मन पराउने सेलिब्रिटीलाई जजमा हामीले लिएका छौं । बाँकी एक जना जज केही दिनमै फाइनल हुनेछन्,’ सुनुवारले अनलाइनखबरसँग भने । पाँचौं सिजनको छायांकन वैशाख १० गतेदेखि सुरु हुने तयारीमा छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।

नयाँ सिजनमा अघिल्ला संस्करणमा भन्दा भिन्न टास्कहरु प्रस्तुत गरिने निर्देशक सुनुवारले बताए । पाँचौं सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । हिमालय टेलिभिजनका महाप्रबन्धक गोविन्द ढकालले नयाँवर्षदेखि यो कार्यक्रम प्रसारण हुने बताए । टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरु पनि पाइपलाइनमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?