+
+

राष्ट्रिय गान कसरी गाउने ? नयाँ विधेयकमा छ यस्तो व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १४:४८
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयकमा राष्ट्रिय गान कसरी गाउने र सम्मान कसरी प्रकट गर्ने व्यवस्था पनि उल्लेख छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमा राष्टिय गानसम्बन्धी निम्न अनुसारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय गानको प्रयोग :

(१) राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय ( फौजी ) सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुद समारोह, रेडियो र टेलिभिजनमा राष्ट्रिय गानको प्रयोग अनिवार्य रूपमा गर्नुपर्नेछ ।

(२) राष्ट्रिय गानको प्रयोगसम्वन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

राष्ट्रिय गानको सम्मान :

(१) औपचारिक तथा विशेष समारोह र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ, संस्था तथा कूटनीतिक नियोगहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति वा सार्वजनिक ओहोदामा पदाधिकार रहेका वा नरहेका सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्नेछ ।

तर अपाङ्गता भएका व्यक्तिको हकमा निजको शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्न यस दफाले बाधा पुर्‍याएको मानिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?