+
+

गृह जानेबारे नारायणकाजी भन्छन् : मैले होइन, प्रधानमन्त्रीले निर्णय गर्ने हो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १५:०७

१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् ।

सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका छन् । त्यस क्रममा पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्न गरेका छन् । जवाफमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए ।

छिटै मन्त्रिपरिषदले पूर्णता पाउने भन्दै उनले भने, ‘त्यसमा के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ त्यही कुरा आफूले पालना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?