+
+

फेसबुक एपबाट यसरी थाहा पाउनुहोस् इन्टरनेटको स्पीड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १६:४४

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको एपमा विभिन्न खालका फिचरहरु उपलब्ध छन् ।

मेटा कम्पनीले सोसल मिडिया प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउनका लागि फेसबुकमा नयाँ नयाँ फिचरहरु थप्दै जाने पनि गरेको छ ।

फेसबुक एपमा सोसल मिडिया सम्बद्ध फिचरका अलावा नजिकै उपलब्ध वाइफाई नेटवर्कको बारेमा जानकारी उपलब्ध गराउने फिचर पनि रहेको हुन्छ । साथै फेसबुक एपबाट इन्टरनेटको स्पीड पनि जाँच्न सकिन्छ ।

फेसबुकको स्पीड टेस्ट फिचर प्रयोग गर्नका लागि तपाईँले फेसबुक एपको सबैभन्दा पछिल्लो भर्सन डाउनलोड गर्नु पर्दछ । साथै त्यसका लागि सम्बन्धित फेसबुक अकाउन्ट सक्रिय अवस्थाको हुनुका साथै अकाउन्ट लगइन गरिएको हुनुपर्दछ । त्यस्तै फेसबुकको यो फिचर एन्ड्रोइड एपमा मात्र उपलब्ध छ ।

फेसबुक एपमा स्पीड टेस्ट प्रयोग गर्नका लागि तलको विधि अपनाउनुस् :

सुरुमा फेसबुक एप खोल्नुहोस् र अकाउन्ट लगइन गर्नुहोस् ।

माथि दायाँ किनारामा रहेको तिनवटा तेर्सो लाइन भएको आइकनमा ट्याप गर्नुहोस् । यसो गर्दा नयाँ ड्रपडाउन मेन्यु खुल्छ । यसबाट फेसबुकका विभिन्न फिचर तथा सेटिंग्समा पहुँच पुग्दछ ।

ड्रपडाउन मेन्युलाई स्क्रल डाउन गर्नुहोस् र Settings and Privacy अप्सनमा मा ट्याप गर्नुहोस् ।

Wi-Fi & cellular performance  मा ट्याप गर्ने ।

त्यसपछि Your Speed ट्याबमा थिच्नुहोस् र Run speed test अप्सन देखिएसँगै Continue बटनमा ट्याप गर्नुहोस् ।

अर्को पेजमा गएर Run Speed test बटनमा ट्याप गर्नुहोस् ।

यति गरेसँगै फेसबुक एपले तपाईँको स्मार्टफोनमा जडित इन्टरनेटको स्पीड मापन गर्न सुरु गर्नेछ । इन्टरनेट गतिको परीक्षण पूरा भएसँगै तपाईँले फोनको स्क्रिनमा इन्टरनेटको डाउनलोड स्पीड र अपलोड स्पीड देख्नुहुनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?