+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकारलाई सरोज खनालको आग्रह : रंगमञ्चको अवस्था सुधार्न पहल होस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १६:५३

काठमाडौं । अभिनेता सरोज खनालले नेपाली रंगमञ्चको स्थिति दयनीय रहेकाले सघाउन सरकारलाई आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ६२ औं रंगमञ्च दिवस मनाइरहँदा रंगकर्मीलाई श्रमिकको दर्जा दिइयोस् भनेर आवाज उठाउनुपर्ने दुःखद स्थिति रहेको बताए ।

‘आज पनि रंगमञ्चको स्थिति दयनीय नै छ । ६२ वर्षपछि पनि हामीलाई श्रमिकको दर्जा दिइयोस् भनेर आवाज उठाउनुपरेको छ,’ उनले भने, ‘सरकारले रंगमञ्चलाई वास्तै गरेन ।’

संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति तथा अभिनेत्री निशा शर्माले सरकारले रंगकर्मीलाई भवन निर्माण गरिदिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्न सक्ने थियौं। हामीले अन्यत्र गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौं, बजेटमा राख्न आग्रह गरेको छु । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ ।’

प्रमुख अतिथिको रुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली शिक्षा र संस्कृतिमा विदेश जाने सपना हुर्किएको भन्दै संस्कृतिकर्मीमा देशप्रेम हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?