+
+

‘इण्डिकेसन’ समस्या देखिएपछि भैरहवा उड्नै लागेको बुद्धको जहाज धावनमार्गबाटै फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १७:१८
फाइल तस्वीर

१३ चैत, काठमाडौं । ‘इण्डिकेसन’मा समस्या देखिएपछि भैरहवा उड्न धावनमार्गमा केही बेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजले टेकअफ रद्द गरेको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो । तर, अचानक इण्डिकेसन समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो । यसलाई ‘एबन्डेन टेक अफ’ भनिन्छ ।

जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ । त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?