+
+

उपनिर्वाचन हुने ३ क्षेत्रमा राप्रपाले तोक्यो चुनावी कमाण्डर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १८:१०
राप्रपा पदाधिकारी बैठक ।

१३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वैशाखमा उपनिर्वाचन हुने ३ वटा निर्वाचन क्षेत्रको चुनावी कमाण्डर तोकेको छ ।

सोमबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले बारा-२ मा उपाध्यक्ष वुद्धिमान तामाङ, चितवन-२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ- १ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई चुनावी कमाण्डर तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने निर्णय पनि गरेको छ । गत ४ मंसिरको निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने पनि निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले वैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरेको छ र २०८० सालसम्म सक्रिय सदस्यको संख्या दुई लाख पुर्‍याउने लक्ष्य लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सोमबारको बैठकले राप्रपाको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासंग सम्बन्धित विषयमा आन्दोलन  गर्ने निर्णय गरेको छ । आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरदराज पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय पनि गरेको छ । जिल्ला खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?