+
+

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ७:२२

१४ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो ।

त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन ।

उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?