+
+

टंगालबाट भद्रकालीतिर लागे मिटर ब्याज पीडित (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०७९ चैत १४ गते १०:४७

१४ चैत, काठमाडौं । आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौंको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन् ।

उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन् ।

बर्दिबासबाट पैदल यात्रा गर्दै काठमाडौं आएका उनीहरूलाई प्रहरी र महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए ।

त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो । त्यसपछि उनीहरू टंगालमै धर्ना बसेका थिए ।

टंगालमै आएर मुख्यसचिवले उनीहरूलाई धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर उनीहरूले प्रधानमन्त्रीलाई आफ्ना पीडा सुनाउने बताएका थिए ।

आफूहरूका माग पूरा नभएसम्म प्रदर्शन नरोकिने उनीहरूले बताएका छन् ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?