+
+

बालुवाटार बैठकमा प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:५७

१३ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि त्यसमा छलफल हुन्छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पेश गरेको मस्यौदामा सरकारको प्राथमिकतालाई ९ वटा बुँदामा समेटिएको छ । पहिलो बुँदा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय छ । जस अन्तर्गत संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने लगायतका विषय समावेश छन् ।

दोस्रो बुँदामा आर्थिक अवस्थालाई ख्याल गरेर ‘आर्थिक प्याकेज’ ल्याउने उल्लेख छ । त्यसपछिको बुँदामा सुशासन, संक्रमणकालीन न्याय, सन्तुलित परराष्ट्र नीति लगायतका विषय समावेश रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार पेश गरेको उक्त मस्यौदामा बुधबार छलफल हुनेछ । त्यसपश्चात न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने सत्तारुढ दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए । उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको बताए । ‘कुरा नमिल्ने केही छैन, सरकार चाँडै विस्तार हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?