+
+

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु कार्यसमितिले पायो पूर्णता (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते २०:०४

१४ चैत, काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिकसहित गरेर पूर्ण स्ववियु कार्यसमितिको नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन समितिको अनुसार अध्‍यक्षमा श्‍यामराज ओझा, उपाध्यक्षमा अनोज कार्की, र सहायक सचिवमा दिनेश कार्की निर्वाचित भएपछि कार्यसमितिले पूर्णता पाएको हो।

उपाध्यक्षमा नेविसंघबाट र सहायक सचिवमा स्वतन्त्र समूहबाट निर्वाचित भएका छन् । सदस्यमा विभिन्न संगठनहरुबाट अग्निप्रसाद शर्मा, कल्पना खतिवडा लगायत निर्वाचित भएका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

हेर्नुहोस् त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु पदाधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?