+
+

रास्वपा सांसदको चेतावनी : सांसदहरुले मिटरब्याजीको संरक्षण नगरुन्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १३:५२

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य  पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताए ।

मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको भन्दै सांसद झाले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताए ।

‘यही सदनमा भएका सासदको आफन्त आवद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन्’ सांसद झाले प्रश्न गरे, ‘राज्य त कमजोरका लागि बनेको हो नि सबलका लागि त राज्य चाहिएकै थिएन नि । तर हामी किन कमजोरको संरक्षण गर्नुका साथै साहुहरुको संरक्षण गर्छौं ?’

उनले यो समस्या समाधानका लागि राज्य कसैको आत्महत्या पर्खिएर बसेको हो भन्ने प्रश्न पनि उठाए । सांसद झाले सांसदहरु र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई साहुकारको संरक्षण नगर्न पनि खबरदारी गरेका छन् ।

‘यहाँ भएका साथी र राजनीतिक संयन्त्रमा भएका साथीहरुलाई चेतावनीसहित आग्रह गर्न चाहन्छु कृपया ती साहुकारको संरक्षण नगर्नुस्’ उनले भने ।

झाको भनाइ हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?