+
+

रोल्पाकी सांसदले भनिन् : बरु सरकारले धामी झाँक्रीबाट उपचार गराउ भनोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १४:४१

१५ चैत, काठमाडौं । रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महंगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताइन् ।

विशेषसज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाएको भन्दै सांसद घर्तीले सोधिन्, ‘यसमा सरकारलाई लाज सरम र अप्ठ्यारो लाग्छ कि लाग्दैन ?’

विशेषज्ञ डाक्टरको अनुहार देख्न नपाउने हो भने रोल्पालीलाई परम्परागत धामी झाँक्रीबाट उपचार गर सरकार सक्दैन भन्न पनि घर्तीले आग्रह गरिन् । ‘होइन भने तत्काल ओएनएम सर्वे गरेर विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरी पर्याप्त विशेषज्ञको दरबन्दी सिर्जना गर्न र हाल रोटेसनमै भए पनि विशेषज्ञ डाक्टरको व्यवस्था गर्न म आग्रह गर्दछु’ उनले भनिन् ।

सांसद घर्तीले देशभरका ५१ हजार ४२३ सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सरकारले परिचयपत्र पनि नदिएर अन्याय गरेको बताइन् । ‘जसका कारण उनीहरु राज्यबाट स्वास्थ्य बीमा र अन्य सुविधाबाट वञ्चित भइरहेका छन्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?