+
+

मिटरब्याजको जड साहु होइन सरकार हो : अमरेश सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १५:५२

१५ चैत, काठमाडौं। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका हुन् ।

उनले भने, ‘ मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो । राज्यले नै ३ थरीको व्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ । मिटरब्याजको जड साहु होइन सरकार हो ।’

उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए । सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे ।

उनले भने, ‘सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिबलाई झन गरिब बनाएर शासन गर्न खोजेको हो । गरिबी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो । कहिले पनि शिक्षाको विकास गर्दैन । गरिबको चिन्ता गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?