+
+

सत्ता साझेदार दलसँग छलफल गरेर चितवन उडे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते ९:२०

१६ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

छलफल लगत्तै चितवन गएका प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा उनी सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँ बैठक सकेर चितवनका लागि प्रस्थान गर्नुभयो । चितवनबाट फर्केपछि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।’

बुधबार सत्ता साझेदार  दलहरूबीच मन्त्रालय बाँडफाटमा मोटामोटी समहति भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारका लागि तयारी थालेका हुन् ।

गठबन्धनमा रहेको कांग्रेससहितका अन्य दलले मन्त्रीको टुंगो लगाए आजै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?