+

शतप्रतिशत निको हुन सक्दैन शरीरमा देखिने सेतो धर्सा

२०७९ चैत  १६ गते १३:०९ २०७९ चैत १६ गते १३:०९
Shares
शतप्रतिशत निको हुन सक्दैन शरीरमा देखिने सेतो धर्सा

काठमाडौं । ‘स्ट्रेच मार्क’ अर्थात् सेतो धर्सा एकपटक आइसकेपछि जान मुश्किल हुन्छ । कतिपयले यसलाई हटाउन विभिन्न घरेलु उपाय अपनाउँछन् भने कतिपयले बजारमा पाइने विभिन्न क्रिम समेत प्रयोग गर्छन् । तर पनि स्ट्रेच मार्क सजिलै जाँदैन, जसले महिलाले चाहेको जस्तो लुगा लगाउन पाउँदैनन् ।

त्यसो भए यसको समाधान नै छैन त ? स्ट्रेच मार्र्क एकपटक आइसकेपछि पूर्ण रुपमा नगएपनि उपचारले केही हदसम्म समाधान निकाल्न सकिने छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्ट बताउँछन् ।

‘कुनै पनि बजारमा पाउने औषधि वा क्रिमले यसलाई ठीक पार्न सक्दैन ।  यसलाई उपचारबाट  ८० प्रतिशत जति समाधान गर्न सकिन्छ,’ उनी भन्छन् ।

स्ट्रेच मार्क देखिने कारण

स्ट्रेच मार्क एक प्रकारको सेतो दाग हो, यो शरीरको जुन भागमा मासु बढी हुन्छ, त्यही भाथमा बढी देखा पर्छ । शरीरको भागमा मासु बढ्दा त्यहाँ भएको छालाको माथिल्लो तहमा केही नभएपनि छालाको डर्मिस भन्ने भित्री तहमा लास्टिन, कोलाजेन जस्ता पदार्थ ड्यामेज भएपछि बिस्तारै सेतो दर्सा देखिने डा. भट्ट बताउँछन् ।

सबैभन्दा बढी घुँडा, पाखुरा, थाइ, कम्मर र पेटमा सेतो धर्सा देखिन्छ । यसले जुनसुकै उमेरका व्यक्तिलाई सताउन सक्छ । ‘सन्तान जन्माएपछि महिलाहरुको पेटमा मात्र स्ट्रेच मार्क आउँछ भन्ने धारणा छ । तर जिम गर्ने र अत्यधिक मोटोपन भएका व्यक्तिको पनि छाला तन्किएर आउँछ,’ डा. भट्ट भन्छन् ।

उपचार

छाला तन्किसकेपछि सेतो धर्सा आउने भएकाले प्राकृतिक रूपमा पूर्ण रुपमा निको हुन सक्दैन त्यसको समाधान लेजर विधिबाट गर्न सकिने डा. भट्ट बताउँछन् ।

‘लेजरबाट ड्यामेज भएको छालाको लेयरलाई फालिन्छ । लेजर थेरापीपछि त्यहाँबाट बिस्तारै नरम छाला पलाउँदै आउँछ,’ उनी भन्छन्, ‘थेरापीले  झोल्लिएको छाला पनि बिस्तारै टाइट हुँदै आउँछ । उपचारबाट ८० प्रतिशत निको हुन्छ ।’

लेजर थेरापी कम्तीमा पनि ६ चरणसम्म गर्नुपर्छ । यसको शुल्क पाँच हजार रुपैयाँबाट सुरु हुने र सेता धर्साको अवस्था अनुसार बढ्दै जाने डा. भट्ट बताउँछन् ।

स्ट्रेच मार्कको रोकथाम

स्ट्रेच मार्क रोक्नका शरीरको वजन नियन्त्रण गर्न जरुरी छ । जंकफुड, बढी चिल्लो र क्यालोरी हुने खानेकुरा कम खाने र फाइबरयुक्त खानेकुरामा जोड दिनुपर्छ । गर्भवती महिला, जिम गर्ने व्यक्तिले सेतो धर्सा आउन नदिन पहिले नै सकेसम्म नियमित छालामा नरिवलको तेल, मोइस्चाइजर क्रिम र लोसन लगाउनुपर्छ ।

(डा. भट्ट छाला तथा सौन्दर्यरोग विशेषज्ञ हुन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. अनिलकुमार भट्ट सेतो धर्सा स्ट्रेच मार्क
डा. अनिलकुमार भट्ट
लेखक
डा. अनिलकुमार भट्ट
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९४८० अध्ययन : एमबीबीएस, डीआईडीडीएस, एमडी, पीएचडी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक ललितपुर कुमारीपाटी र धनगढीका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज