+
+

‘आदिपुरुष’ पोस्टरमा सीता-रामको लुक्समा देखिए प्रभास र कृति, ५०० करोडको कार्टुन भन्दै आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १२:३८

काठमाडौं । रामनवमीको अवसरमा प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कृति, प्रभास र सन्नी (माता सीता, भगवान राम र लक्ष्मण)को गेटअपमा देखिएका छन् । निर्माण पक्षले फिल्मको नयाँ रिलिज मिति पनि घोषणा गरेको छ । तर फिल्मको लुक र पात्रबाट दर्शक अझै सन्तुष्ट छैनन् ।

बिहीबार बिहान प्रभासले पोस्टर रिलिज गर्दै फ्यानलाई रामनवमीको शुभकामना दिएका छन् । उनले अंग्रेजी, हिन्दी र तेलुगूमा क्याप्सन लेखेका छन्, ‘तिम्रो नाम मन्त्रभन्दा ठूलो छ, जय श्रीराम ।’ प्रभासबाहेक निर्देशक ओम राउत र कृति सेननले पनि यो पोस्टर आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेका छन् ।

नयाँ पोस्टर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले चर्को ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट लेखेका छन्, ‘मजाक चलिरहेको छ कि दिमागमा जे आउँदैछ त्यो बनाएर राखियो । अर्थात् श्रीरामको अर्कै भव्य अवतार छ, उनी फिल्मबाट पूरै गायब छन् । आदिपुरुष पैसाको बर्बादी हो र यसले हिन्दूको धार्मिक भावनामा चोट मात्र पुर्‍याइरहेको छ । अर्का प्रयोगकर्ताले लेखे, ‘कार्टुन चलचित्र ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘छोड्नुहोस्, किन कसैको संस्कृतिको खिल्ली उडाउँदै हुनुहुन्छ ।’

महिनौंअघि टिजर रिलिज भएदेखि नै दर्शकले हनुमानको लुकलाई लिएर निराश छन् । उक्त टिजरमा हनुमानको अनुहार मुस्लिम धर्माका पात्रजस्तो देखिएका फ्यानको आरोप छ । यसबारेमा एक फ्यान लेख्छन्, ‘सबै ठीक छ तर दर्शकले हनुमानजीको चरित्रलाई मन पराउँदैनन् ।’ अर्का प्रयोगकर्ता लेख्छन्, ‘हामी हनुमानको लुकलाई स्वीकार गर्दैनौं । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यसभन्दा कार्टुनको भीएफएक्स पनि राम्रो छ, धेरै बेकारको पोस्टर ।’ ‘भाइ, यति धेरै सुधार भएको छ भने कम्तीमा हनुमानजी हुनुपथ्र्यो, त्यसैले ऊ अर्कै धर्मको हो जस्तो देखिन्छ,’ अर्का प्रयोगकर्ताले लेखेका छन् ।

‘आदिपुरुष’ यसअघि जनवरी २०२३ मा रिलिज हुने तयारीमा थियो तर टिजरको विवादलाई ध्यानमा राख्दै निर्माताले यसको रिलिज मिति थपेका थिए । टिजर रिलिजपछि फिल्ममा रावण, सीता र हनुमानको लुकलाई लिएर निकै हंगामा भएको थियो । यति मात्र होइन, फिल्मलाई प्रतिबन्ध लगाउन पनि माग गरिएको थियो, जसलाई ध्यानमा राख्दै निर्माण पक्षले फिल्मलाई कुनै विवादरहित ढंगले रिलिज गर्न यसमा धेरै परिवर्तन गर्न बाध्य पारेको थियो । ‘आदिपुरुष’ १६ जुनमा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?