+
+

पोर्चुगलको राजधानी लिस्बनमा राहदानी विभागको शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १७:०८

१६ चैत, काठमाडौं। पोर्चुगलमा रहेका नेपलाी नागरिकलाई राहदानी नवीकरण तथा नयाँ बनाउनका लागि उत्पन्न भइरहेको समस्या समाधानका लागि राहदानी विभागले शिविर सञ्चालन गरेको छ । बिहीबारदेखि सञ्चालन भएको राहदानी शिविर करीब एक महिनासम्म सञ्चालन हुने विभागले जनाएको छ ।

शिविरका लागि नेपालबाट परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागका कर्मचारी र पेरिसमा रहेको नेपाली राजदूतावासका कर्मचारीसहितको टोलीले लेस्बन पुगेको छ । शिविरमा राहदानी हराएका, म्याद सकिएका, नयाँ बनाउनु पर्ने र नविकरण गर्नुपर्ने विद्युतीय राहदानीका लागि आवेदन दिन सकिने विभागले जनाएको छ ।

पोर्चुगलमा रहेका नेपालीलाई राहदानी र कन्सुलरलगायत सेवा सम्बन्धी समस्या रहेको भन्दै परराष्ट्रले गत फागुनमा नै नजिकका दूतावासबाट सेवा लिन सकिने व्यवस्था गरेको थियो ।

मन्त्रालयले पोर्चुगलमा बस्ने नेपालीले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावसका अतिरिक्त नेपाली राजदूतावास मड्रिड, बर्लिन, कोपेनहेगनबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरेको थियो ।

यसका साथै, रराष्ट्रले ३ फागुनमा मन्त्रिस्तरीय निर्णय गर्दै राहदानी विभागको टोली पोर्चुगल पठाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?