+
+

रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १७:३३

१६ चैत, काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको घोषणा गरे ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने र तनहुँ १ को उपचुनावमा उम्मेदवार बन्ने चर्चा छ ।

अनलाइनखबरले यसै प्रसंगमा रास्वपा सभापति रवि लामिछानेलाई सोध्यो, ‘स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराएर तनहुँ १ को उपचुनावमा टिकट दिन लाग्नुभएको हो ?’

उनले हँस्यौलीमा जवाफ फर्काए, ‘यो न्युजलाई तपाईंहरुले ठूलो ठान्नुभयो होला, तर हाम्रा लागि साधारण नै हो ।’

स्वर्णिमको सम्भावित रास्वपा प्रवेशको खबर आफैंमा भने गम्भीर नै थियो । त्यसैले राजनीति गर्ने मानिसहरुमा चाहिनेजति चलाखी देखाउँदै उनले तत्कालै मिलाए, ‘उहाँलाई पार्टीमा ल्याउने कुरा पहिलेदेखि नै चलिरहेको थियो । भर्खरै उहाँले त्यसै बमोजिम कांग्रेस परित्याग गरेको सूचना पाएँ । अब उपचुनावको उम्मेदवार सम्बन्धी प्रक्रिया अगाडि बढ्छ ।’

रविले बताए अनुसार उपचुनावको उम्मेदवारीबारे रास्वपाभित्र अन्तिम चरणको छलफल चलिरहेको छ ।

बारा २ मा पनि उम्मेदवारी टुंग्याउनुपर्ने भएकाले समय लागेको लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?