+
+

अदालतमा आत्मसमर्पण गर्ने डोनाल्ड ट्रम्पको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ८:४५

१७ चैत, काठमाडौं । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

उनले आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्मा अमेरिकाको सिक्रेट सर्भिसलाई दिइएको छ ।

ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको बेला पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिएको समाचार सार्वजनिक भएको थियो । सन् २०१८ मा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको एक लेखमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा पोर्न स्टार स्टोर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर दिएको उल्लेख थियो । ट्रम्पले आफूहरुबीचको सम्बन्धबारे सार्वजनिक नगरिदिन आग्रह गर्दै सो रकम दिएको लेखमा दाबी गरिएको थियो ।

कानुनी रुपमा यो भुक्तानी अवैध भएको पत्ता लागेपछि ट्रम्प विवादमा तानिएका थिए । उनीमाथि यो घटनाको प्रमाण लुकाउन कागजी दस्तावेज हेरफेर गरेको आरोप समेत लागेको छ ।

साथै राष्ट्रपति चुनावको नतिजा रोक्न ट्रम्पका समर्थकहरुले संसद भवनमा हुलदंगा र तोडफोड गरेको घटनामा पनि ट्रम्प मुछिएका थिए । एक जुरीले यी घटनाहरुमा ट्रम्प दोषी रहेको भन्दै उनीमाथि फौजदारी अभियोग लगाउन मिल्ने सुझाव सरकारलाई दिएको थियो ।

करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको एक समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?