१७ चैत, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्री र सीता राना मगरले फेयर ब्रेक इन्भाइटेसनल टी-२० लिग खेल्ने भएका छन् ।
अप्रिल ३ देखि हङकङमा सुरु हुने फेयर ब्रेक इन्भाइटेसनल टी-२० लिगको दोश्रो संस्करण खेल्न यी दुई खेलाडी शुक्रबार हङकङ प्रस्थान गरेका छन् ।
दुवै खेलाडीले लगातार दोस्रो पटक फेयरब्रेक खेल्न लागेका हुन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्नेछन् ।
गत सिजन सीता आबद्ध टोर्नोडोजले उपाधि जितेको थियो ।
आईसीसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्नेछ ।
जसमा विश्वका २८ देशका कुल ८३ खेलाडीहरुले ६ टोलीमा रहेर खेल्नेछन् ।
 
                    










 २०७९ चैत  १७ गते १३:२९
                        २०७९ चैत  १७ गते १३:२९                     
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4