+
+

१० वर्षपछि गृह मन्त्रालयको नेतृत्वमा नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:५२

१७ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् ।

११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।

उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् । उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् ।

श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका श्रेष्ठले फेरि गृहमा फर्किएपछि भनेका छन्, ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?